लाभांश प्रस्ताव पारित गर्न एक्सेल डेभलपमेन्ट बैंकले बाेलायाे साधारणा सभा

-



     सफल आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १९ असार । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले साउन ९ गते साेह्राैं साधारण सभा बाेलाएकाे छ । बैंकले लाभांश प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा बोलाएको हाे । सभा बिर्तामोडस्थित सिद्धार्थ होटलमा पूर्वान्ह ११ बजेदेखि शुरु हुने बैंकले जनाएकाे छ।

साधारण सभाबाट अहिले कायम रहेकाे चुक्ता पूँजीको ८.५० प्रतिशतकाे दरले बोनस सेय्शेर तथा त्यसकाे कर प्रयोजनका लागि ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित हुनेछ ।

सभाले उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि त्यसकाे अख्तयारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । यस्तै बैंकलाई प्रदेशस्तरिय बैंक बनाउने लगाउयतका प्रस्तावमाथि छलफल गरी पारित गरिने भएकाे छ ।