सेयर बजारमा अर्धशतको बढोत्तरी, न्यादी ग्रुप पावरले गर्यो २२ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ असार । नियामक निकाय सेबाेन र लगानीकर्ताबीच १९ बुँदे सहमति कायम भएपछि सकारात्मक लयमा जाँदै र करेक्सन हुँदै आएको सेयर बजारमा आईतबार हरियाली छाएको छ । नेप्से परिसूचकले अर्धशतक पार गरेको छ ।

साताको सेयरको कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरु उत्साहि भएका छन्। यसदिन कारोबार रकममा पनि निकै सुधार भएको छ । तर अझैं पनि लगानीर्ताहरुले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिलाई कुर्ने आप्नो मनोविज्ञानलाई बदल्ने मनस्थितिमा रहेका छन् ।

राष्ट्र बैंकले यतिबेला विभिन्न क्षेत्रका मानिसहरुसंग संस्थागत रुपमा मौद्रिक नीतिले समेट्नु पर्ने विषयका बारेमा सुझाव संकलन गरिरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचकले अर्धशतक पार गरेको छ । यसबाट लगानस्कर्ताहरु खुसि भएका छन् ।

नेप्सेमा ५७.६१ अंकले बृद्धि भई २०८६.३८ विन्दुमा उक्लिएको छ । नेप्से २.८४ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स १०.२२ अंकले बढेर ३९८.८४ विन्दुमा पुगेको छ ।

कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ६२ लाख २७ हजार ६९२ कित्ता सेयरको कारोबारबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैकाे सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको २२ करोड २८ लाख ६९ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।