
काठमाडाैं, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आजदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ ।
कम्पनीका अनुसार रू १०० अंकित मूल्यकाे १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो। बिक्रीमा ल्याइने कुल सेयरमध्य ३९ हजार १५० कित्ता कर्मचारीहका लागि रहेकाे छ । ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएकाे छ । सर्वसाधारणले बाँकी रहने १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन पाउनेछन्।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यसका लागि असार २३ गतेसम्म आवेदन दिन सकिने छ । ताेकिएकाे म्यादसम्म माग बमाेजिमकाे आवेदन पेश नभएमा साउन २ गतेसम्म आवेदन दिन पाइने छ। लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट समेत आवेदन पेश गर्न सक्ने भएका छन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




