
काठमाडौं, २० असार । आईतबार उकालो लागेको सेयर बजार फेरि एक दिनपछि आज ओरालो लागेको छ । अघिल्लो दिन हरियाली भएको सेयर बजारमा यसदिन पुनः गिरावट भएको छ । यो गिरावट बितेका चार महिनामा भएकाे सबैभन्दा बढी हो ।
आईतबार नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा उक्लिएको थियो । सबै सूचकहरु उकालो लाग्दा मनोबल बढाएका लगानीकर्ताको सोहि मनलाई आजको करेक्सनले पुनः नमिठो महशुस गराएको छ ।
बितेका ४ महिनाको सूचकलाई हेर्ने हो भने आजको परिदृश्य सबैभन्दा उच्च रहेको छ । कारोबार रकम भने बितेका चार बहिनाकै सबैभन्दा बढी भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेको छ । नेप्सेमा ०.४७ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स २.६८ अंकले घटेर ३९६.१५ विन्दुमा पुगेको छ ।
यसदिन कुल २३४ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भएको हाे।
कुल १३ उपसमूहमध्ये चारवटाको मात्रै सेयर बढेको छ । बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ । यसदिन सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १७ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको हाे ।
सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




