
काठमाडाैं, २१ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले असार २९ गतेदेखि साे परिमाणकाे सेयर बिक्रीमा ल्याउन लागेकाे हाे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि बाँडफाँड गरी बाँकी रहेकाे ३७ हजार ६२३ कित्ता समावेश गरेर २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरिने भएकाे हो।
कुल सेयरबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लगि रहेकाे छ । त्यसबाट बाँकी हुने २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन्।
लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा २१ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । सेयरमा साउन १ गतेसम्म आवेदन दिन सकिने छ । ताेकिएकाे म्यादसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा साउन ११ गतेसम्म आवेदन दिन सकिने भएकाे छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




