सुनचाँदीको भाउमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ भारि मात्राले घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा एकैदिन रुपैयाँ १६०० तथा चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको जानकारी दिएको छ ।

बुधबार छापावाल सुन तोलामा १६०० ले घटेर तोलाको ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

सेतो धातु चाँदीमा रुपैयाँ ३० ले गिरावट भई तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।