
काठमाडौं, २२ असार । साताको सेयर कारोबार हुने चौथो दिन नेपाली सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ ।
स्थानियतहको निर्वाचन सकिसकेको, सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गरिसकेकाे र लगानीकर्ताको आन्दोलन पनि सहमतिमा सकिएकाे अवस्थामा सेयर बजारले उकालो चढ्ला भन्ने अपेक्षा पूर्णरुपमा पूरा भईसकेको छैन ।
उसो तर सेयर बजार राजनीतिक अस्थिरता र बैंकहरुको बढ्दो व्याज दरको कारण पनि सेयर प्रभावित हुने गरेको छ । पछिल्लो समय राष्ट्र बैंकले निकट दिनहरुमा मौद्रिक नीति ल्याउन लागेकोले पनि कस्तो आउला भनेर पर्खिएको अवस्था छ ।
नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६६ प्रतिशतले बृद्धि हुदा सेन्सेटिभ इण्डेक्स १.६८ अंकले बढेर ३९९.९१ विन्दुमा पुगेको छ ।
कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ६२ लाख ६३ हजार ३१० कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये तीन वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी १० वटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी गुराँस फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड ७२ लाख ८० हजार ३३० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




