अप्पर सोलु हाइड्रोकाे सेयरमा ११ लाख बढीले दिए आवेदन, आज अन्तिम दिन

-



     सफल आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २३ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले असार २० गतेदेखि बिक्रीमा ल्याएकाे सेयरमा ११ लाख बढीले आवेदन पेश गरेका छन्। सेयर खुलेकाे पहिलाे दिनमै मागभन्दा बढीले आवेदन पेश गरेका देखिएकाे छ । लगानीकर्ताले आवेदन दिने बिहिबार अन्तिम दिन हाे ।

सिडिएस एण्ड क्लियरिङ्गले बुधबार साँझ ५ बजेसम्म ११ लाख ९ हजार ७६२ जना आवेदकले आवेदन दिएका जनाएकाे छ । यसअनुसार उनीहरूकाे १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ४६ हजार ९९० कित्ता सेयरकाे लागि आवेदन परेको छ ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गरेकाे हाे । प्रतिकित्ता १०० अंकित मूल्यमा १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरकाे बिक्री खुल्ला गरिएकाे थियाे ।

साे सेयरबाट ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे गरिएको छ । लगानीकर्ताले बाँकी रहेकाे १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिएका छन् ।

आवेदन दिनका लागि बिहिबार अन्तिम दिन रहेकाे छ । लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।