सुनको भाउमा लगातार गिरावट, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असार । साताको सुनचाँदीको काराेबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन ताेलामा रुपैयाँ ४०० ले गिरावट भएको जनाएको छ । चाँदीमा भने रुपैयाँ १० ले बृद्धि भएको छ ।

छापावाल सुन रुपैयाँ ४०० ले घटेर तोलाको ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ १६०० ले घटेर तोलाको ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १० ले बृद्धि भएको छ । यसरी बढेको चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।