चरक मेमोरियल हस्पिटल र सिभिल बैंक लिमिटेड विच छुट सम्झौता

-



     सफल आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित



पोखरा, २३ असार । पोखराको प्रतिष्ठित चरक मेमोरियल हस्पिटल र सिभिल बैंक लिमिटेड विच हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र बैंकको तर्फबाट बैंकका क्षेत्रीय प्रबन्धक समिर केसीले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार सिभिल बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुले चरक मेमोरियल हस्पिटलमा उपचार गराउँदा छुट पाउनेछन् ।

सोही अनुरुप हस्पिटलले फार्मेसीमा ५ प्रतिशत, ल्याब र बेडमा १० प्रतिशत र पुरै शरिर जाँचमा २० प्रतिशत सम्म छुट उपलब्ध गराउने हस्पिटल प्रशासनले जनाएकाे छ । यो सम्झौता आगामी बर्ष असार २५ गते सम्म रहने बताइएको छ ।