
काठमाडाै, २४ असार । सयपत्री हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेको थियो।
कम्पनीका अनुसार प्रतिसेयर १०० अंकित दरकाे ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गकाे ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थायी जनताका लागि सेयर निष्काशन गरिएकाे हो।
लगानीकर्ताले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सक्नेछन्। यस्तै सेबाेनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ।
सेयरमा लगानीका लागि लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा ३० हजार कित्ताका सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




