
काठमाडौं, २४ असार । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे हो।
प्रतिसेयर १०० अंकित दरकाे १५ लाख कित्ता साधारण सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । यस्तै ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ। त्यसबाट बाँकी रहने १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले असार २८ गतेसम्म आवेदन दिन पाउनेछन् । साे अवधिसम्म माग अनुसारकाे निवेदन नपरेकाे खण्डमा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने छ ।
सेयरमा लगानी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन पाइने छ। यस्तै मेरो सेयर एप र वेबसाइटबाट आवेदन पेश गर्न सकिनेछ।
लगानीकर्ताले घटिमा १० र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




