सुनको भाउ स्थिर, चाँदीको घट्यो

-



     सफल आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ असार । साताको सुनचाँदीको अन्तिम कारोबार हुने दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेकाे छ । चाँदीमा भने यसदिन रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन कुनै परिवर्तन भएको छैन । सुनको भाउ स्थिर रहेर तोलाको ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुनको भाउ तोलाको ९४ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि तेजाबी सुन तोलाको ९४ हजार १०० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाकाे १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।