अन्तिम कारोबारको दिन सेयर बजार राताम्मै, अब लगानीकर्ता मौद्रिक नीतिको पखाईमा

-



     सफल आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ असार । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि नेपाली सेयर बजारको ओरालोमा गएकाे यात्रामा ब्रेक लाग्न सकेन ।

सेयर राताम्मै हुँदा के हुने हाे साेचमग्न भएका छन् । लगानीकर्ताहरुका लागि बजारमा सुधार आउलाका कि भन्ने अपेक्षा अब मौद्रिक नीति रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निकट दिनहरूमै ल्याउने तयारी गरिरहेकोले लगानीकर्ताहरु त्यसैको पखाईमा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.७० अंकले बढेर १९९२.६२ विन्दुमा झरेको छ । नेप्से १.७१ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ५.६० अंकले घटेर ३७९.८९ विन्दुमा रहेको छ ।

कुल २१७ कम्पनीको सेयर कारोबार भएको छ । ३० लाख ६३ हजार ४७६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट्स लिमिटेडको कारोबाकार भएको छ । कम्पनीको ५ करोड ५९ लाख ८३ हजार ५५५ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।