
काभ्रे, २६ असार । पनौती नगर क्षेत्रभित्रका उद्योगी व्यवसायीहरूको साझा संस्था पनौती उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भोला थापा निर्वाचित भएका छन् ।
पनौतीमा सम्पन्न भएको पहिलो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदी, उपाध्यक्षद्वय अञ्जु रञ्जित केसी र पुनम लामा जङ्गम, सचिवमा महेशराज पौडेल, सहसचिवमा इञ्जीनियर सीतु सैँजु, कोषाध्यक्षमा सुभाषराज बञ्जारा रहेका छन् ।
त्यस्तै सदस्यमा क्रमशः राजेशकुमार श्रेष्ठ, उत्तम फाँछी श्रेष्ठ, ज्ञानबहादुर लामा, पुरुषोत्तम कर्माचार्य, ममता भारती, विमला श्रेष्ठ र रवीन्द्र हुमागाईँ निर्वाचित भए । सङ्घका बाँकी सदस्य भने सम्बन्धित विषयगत समितिबाट प्रनितिधि छनोट गरेर पठाउने व्यवस्था छ ।
जसअनुसार बाँकी रहेका सदस्यमा वस्तुगत, एशोसिएट, कृषि, उद्योग, महिला, पर्यटन उद्यमी मञ्चलगायत विषयगत समितिबाट पठाउने प्रतिनिधिलाई मनोनित गरेर पूर्णता दिने व्यवस्था भएअनुरुप कार्यसमिति पूर्णता गर्ने सङ्घका सचिव पौडेलले बताए। थापाको पनौती उद्योग वाणिज्य सङ्घमा दोस्रो कार्यकाल हो ।
यसअघिको पहिलो भेलाबाट थापाको नेतृत्वमा बनेको समितिबाट पहिलो अधिवेशन सम्पन्न गरी पुनः थापालाई नै नेतृत्व चयन गरेको सङ्घले जनाएको छ ।
सङ्घले पनौती क्षेत्रमा रहेका उद्योग, व्यवसायीलाई संस्थागतरूपमा एकताबद्ध बनाउँदै अगाडि बढ्नका लागि भूमिका खेल्दै उद्योग व्यवसायीको हितमा काम गर्ने जनाएको छ । पनौती नगरपालिका कृषि, उद्योग, पर्यटन र सांस्कृतिक विविधता भएको क्षेत्र हो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




