बढ्यो सुनको मूल्यः चाँदीको स्थिर

-



     सफल आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असार । नेपाली सुनचाँदी बजारमा साताको पहिलो कारोबारकाे दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २०० ले बढेर काराेबार भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० कायम भइ काराेबार भएकाे छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० रहेकाे थियो ।

महासङ्घले आज चाँदीको मूल्य अघिल्लो कारोबार भएकाे मूल्यकाे तुलनामा स्थिर रहेकाे जनाएकाे छ । चाँदी प्रतितोला रु एक हजार १८५ कायम रहेको छ ।