
काठमाडाैं, २७ असार । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन तथf बिक्रीमा ल्याउन लागेकाे छ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसबाट १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी रहेकाे २२ लाख ७० हजार २५ कित्ता साधारण सेयरमा सर्व साधारण जनताले आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउने छन् । साे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सम्पूर्ण सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाउने छन्। साथै उनीहरूले मेरोसेयर वेब पेज र मोबाइल एप्सबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




