
काठमाडाैं, २७ असार। एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंगबार बुकक्लोज गर्ने भएकाे छ । बैंककाे १६औं साधारण सभा सिद्धार्थ होटल, बिर्तामोडमा साउन ९ गते पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
बैंकका अनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् । साथै उनीहरू लाभांश प्राप्त गर्न याेग्य मानिनेछन् ।
सभाबाट ८.५० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित हुनेछ ।
यस्तै सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जमा जाने वा एक्विजिशनका लागि र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावहरू पारित गर्नेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




