सुनको भाउमा गिरावट, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । चाँदीको भने स्थिर रहेको छ । सुन ताेृलामा यसदिन रुपैयाँ १०० ले घटेको हो भने चाँदी आईतबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ताेलामा मा रुपैयाँ १०० ले घटेर तोलाकाे ९४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा नै कारोबार भएको थियो ।