एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २८ असार । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य आजदेखि नेप्सेमा समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले सेयरमूल्य समायाेजन गरेर नयाँ मूल्य कायम गरेकाे हो

एक्सेल डेभलपमेन्ट बैंकको ८.५० प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएकाे हो। समायोजन भएपछि बैंकको सेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा ताेकिएकाे छ।

अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरिएकाे हो। सोमबार सेयरमूल्य प्रतिकित्ता ३४८ रुपैयाँ रहि काराेबार भएकाे थियो।

यसैबीच बैंकले लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि साउन ९ गते १६औं साधारण सभा डाकेकाे छ। सभा सिद्धार्थ होटल, बिर्तामोडमा पूर्वान्ह ११ बजे डाकिएकाे हाे ।

बैंककाे साधारणा सभाबाट ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्तिका लागि कार्य गर्ने अख्तियारी संचालक समितिलाइ दिने प्रस्ताव पारित गरिनेछ ।

बैंककाे बन्धपत्र, नियमावली संशोधन तथा प्रदेशस्तरिय बैंक बनाउनका लागि कार्यक्षेत्र विस्तारलगायतका प्रस्तावहरू पारित गरिनेछ।