घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० ले घटेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुन तोलाको ९४ हजार ७०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।