नेप्से परिसूचक १९२७.२८ विन्दुमा उक्लियो, १ अर्ब ७० करोड बढीको कारोबार

-



     सफल आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ असार ।साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लाग्दै आएको सेयर बजारको आजको सकारात्मक लयले अब सुधार आउँछकि भन्ने आशा जगाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६८ प्रतिशतले बढेर १९२७.२८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६१ प्रतिशतले बृद्धि हुदा सेन्सेटिभ इण्डेक्स २.०९ अंकले बढेर ३६८ विन्दुमा पुगेको छ ।

कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ४९ लाख ६७ हजार ५६१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये सबैमा हरियाली छाएको छ । सबैकाे सेयर बढेकाे छ। बैंकिङतर्फ ४.४४ अंकले बृद्धि भएकाे छ । व्यापारतर्फ २६.०९, होटल र पर्यटनतर्फ ४१.३८ अंकले बढेकाेृ छ । विकास बैंकतर्फ २६.३५ अंकले, हाइड्राेपावरतर्फ ३०.१५ अंकले, फाइनान्सतर्फ २०.१४ अंकले बढेकाे छ ।

नीर्जीवन बीमामा ७४.४७ अंकले, उत्पादनमा ६५.८९ अंकले, अन्यमा ३.०७ अंकले, लघुवित्तमा १६.०९ अंकले, जीवन बीमामा ११.१३ अंकले, म्युचुअल फण्डतर्फ ०.०२ अंक र लगानीतर्फ ०.५७ अंकले बढेकाे छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ९५ लाख ८० हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ ।