
पोखरा, २९ असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जेहन्दार विधार्थीहरुलाई जनही ३०००० (तीस हजार) का दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।

वित्तीय संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोरा छोरीहरु तथा गरिव जेहन्दार विधार्थीहरुको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइएको छ । यसअघि पनि विभिन्न विधालयमा शैक्षिक सामाग्री वितरण, स्वच्छ पिउने पानीको लागि फिल्टर, सरसफाइका सामाग्री वितरण कार्य समेत गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जाेशीले बताए ।
संस्थाको हालसम्म ११९ वटा शाखा कार्यालय तथा १ लाख ४७ हजार भन्दा बढि सदस्य तथा ऋणी ७५ हजार ५ सय भन्दा बढि रहेका छन । ८ अर्ब ५० करोड कर्जा लगानी गरेको संस्थाको मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलले जानकारी दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



