सेयर बजारमा अर्धशतक पार, कारोबारमा शिबम् सिमेन्ट अब्बल

-



     सफल आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित



कठमाडौं, २९ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेले अर्धशतक पार गरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ ।

वाणिज्य बैंकहरुमा भएको निक्षेप संकलनमा बृद्धिकाे प्रभात तथा मौद्रिक नीति देशको आवश्यक्ता अनुसार आउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताईहेको बेलामा यसदिनको सकारात्मक लयले केहि आशा पलाएको छ । यसले लगानीकर्ताहरुको बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचकले अर्धशत पार गरेको छ । नेप्सेमा ५९.५४ अंकको बृद्धि भएर १९८६.८२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.०९ प्रतिशतले बृद्धि हुदा सेन्सेटिभ इण्डेक्स १२.४२ अंंकले बढेर ३८१.३७ विन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको सेयर कारोबार भएको छ । ५७ लाख ८७ हजार १२६ कित्ता सेयरको कारोबारबाट २ अर्ब ४४ करोड ४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड २ लाख ९५ हजार ३२९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।