
काठमाडौं, ३० असार । सिक्लेस हाइड्रोपावरकाे सेयर साउन ६ गतेदेखि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि सेयर निष्काशन गर्ने बताएकाे छ ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयरमा आवेदन दिनका लागि माछापुच्छ्रे बैंकको मादी शाखा, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा कार्यालयबाट आवेदन दिन पाइनेछ । यस्तै सेबाेनबाट अनुमति पाएका सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ।
लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयरर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




