बढ्यो सुनचाँदी दुबैको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले बढेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर तोलाको ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९३ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भएर तोलाको १ हजार १८० रुपैयाँमा कारकोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।