
हेटाैडा, ३० असार। आन्तरिक राजस्व कार्यालय हेटौडाले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेको जनाएको छ।
लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिएका छन।
यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ ७ वटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका ६ वटा व्यावसायिक फर्म रहेको उनले बताए । कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ ।
यसैगरी चालु आर्थिक वर्ष २०७८-७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा ५ अर्ब ७० करोड आठ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकाेमा ६ अर्ब ४ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । अर्थात तोकिएको भन्दा एकसय छ प्रतिशत अत्यधिक राजस्व सङ्कलन सो कार्यालयले गरेको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ १ अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ २ करोड ७६ लाख ७२ हजार, ब्याजकरतर्फ ५ करोड छ लाख ४२ हजार, मूल्यअभिवृद्धि करतर्फ ९९ करोड ३६ लाख ९७ हजार, अन्तशुल्क करतर्फ ३ अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ रु ६१ करोड ४३ लाख १० हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।
सो अवधिमा कार्यालयको आयकरतर्फ १ अर्ब १२ करोड ९४ लाख ११ हजार,घरबहाल करतर्फ ३ करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ ६ करोड ४० लाख, मूल्यअभिवृद्धि करतर्फ १ अर्ब ३३ करोड ४२ लाख, अन्तशुल्क करतर्फ २ अर्ब ९८ करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ १४ करोड ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




