नेप्से परिसूचक २००९.४६ विन्दुमा उक्लियो, १ अर्ब ४५ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असार । लगातार तेश्रो दिन सेयर बजारको यात्रा सुखद् देखिएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकले बृद्धि देखिएको हाे।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा कमि भएपनि बजार सकारात्मक लयमा गएकोमा लगानीकर्ताहरुकाे मनोबल बढेको छ ।

सेयर बजार विभिन्न घटनाक्रमले प्रभावित हुँदै आएको छ । यहीबिचमा बैंकहरुले श्रावण महिनामा व्याजदर नबढाउने भएकोले बजारमा यसको सकारात्मक प्रभाव पर्ने लगानीकर्ता बताउँछन् ।

उता राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४-१२ को क्यापका सन्दर्भमा असन्तुष्ट रहेका लगानीकर्ताहरु गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको हल्ला चलेसंगै खुसि देखिएका छन् । उनीहरुले अधिकारी सेयर बजारप्रति अनुदार रहेको भन्दै बैंकको सो कदमको खारेजिको माग पनि गर्दै आएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.७७ अंकले बढेर ३८५.९१ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ४० लाख ५१ हजार ७७१ कित्ता सेयरको कारोबारबाट १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये ५ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ८ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

बैंकिङतर्फ १८.५४ अंकले बढेको छ । विकास बैंकतर्फ ५.२४ अंकले, लघसवित्ततर्फ ६८.६४ अंकले, जीवन बीमातर्फ ३८.०७ अंकले र म्युचुहल फण्डतर्फ ०.२२ अंकले बृद्धि भएको छ ।

यस्तै व्यापारतर्फ १२.१६ अंकले घटेको छ । होटल तथा पर्यटनतर्फ २०.७७ अंकले, हाइड्रोपावरतर्फ १७.४ अंकले घटेको छ । फाइनान्सतर्फ ७.१५ अंकले, नीर्जिवन बीमातर्फ ३.३८ अंकले, उत्पादनतर्फ १४.८९ अंकले, अन्यतर्फ २५.०५ अंकले र लगानीउपसमूहतर्फ ०.६२ अंकले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपर तामाकोशी हाईड्रोपावर लिमिटेडेको कारोबार भएको छ । कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८६४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।