मन्दाकिनी हाइड्रोपावरकाे सेयर साउन ९ गतेदेखि निष्काशन हुँदै

-



     सफल आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १ साउन । मन्दाकिनी हाइड्रोपावरकाे ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर साउन ९ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याइने भएपछि लगानीकर्ताहरूकाे लागि सेयरमा लगानी गर्ने माैका जुर्न लागेकाे छ ।

कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ लाख ७६ हजार कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे हो।

कम्पनीले निष्काशन गर्ने कुल सेयरबाट २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे कम्पनीले जनाएकाे । सर्वसाधारणले बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढी १ लाख कित्ता सेयरका लागि साउन १२ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

सेयरमा लगानी गर्नका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड सेबाेनबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयरको पेज तथा एप्सबाटसमेत आवेदन दिन सक्रने भएका छन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।