राप्ती हाइड्रोकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीकाे असार २९ गतेदेखि २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याइएकाे थियाे ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएकाे सेयरबाट बिक्री हुन बाँकी रहेको ३७ हजार ६२३ मा थप गरेर २३ लाख ६६ हजार २४० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हो।

कुलबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ। बाँकी रहेकाे २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सेयरमा लगानीका लागि घटिमा १० तथा बढीमा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन पाइने भएकाे छ। आवेदन दिन सेबाेनबाट स्वीकृित लिएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट सकिने छ । यस्तै मेरो सेयर पेज तथा एप्सबाट पनि आवेदन पेश गर्न पाइनेछ

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।