
काठमाडौं, १ साउन । सरकारले आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्म लम्ब्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्मका लागि आयात प्रतिबन्ध लगाएको थियो।
नयाँ आर्थिक वर्ष शुरु भएसँगै उक्त प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि लम्ब्याइएको हो। लम्बिएको प्रतिबन्धको मोडालिटी केही परिवर्तन गरिएको छ जस अन्तर्गत विद्यमान प्रतिबन्धित सामानको सूचीमा १५० सीसीमाथिका मोटरसाइकल तथा ३ सय डलरभन्दा माथिका मोबाइल फोनहरु समेत थपिएका छन्।
यसअघि यो प्रतिबन्धमा २५० सीसीमाथिका मोटरसाइकल तथा ६ सय डलरसम्मका मोबाइलका लागि मात्र समेटिएको थियो। यसबाहेक कुरकुरे, लेज, ३२ इन्चमाथिको रंगीन टीभी, जीप, कार, भ्यान, औद्योगिक कच्चापदार्थ बाहेकका चुरोट तथा सूर्तिजन्य पदार्थ आयतमा पनि भदौ १४ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएको छ।
विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले यस्तो निर्णय गरेको बुझिएको छ।
यससम्बन्धमा भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्य विक्रम खड्काले आयात प्रतिबन्ध लम्बिएको र प्रतिबन्धित सामानको सूची थप भएको सफलआवाजलाई जानकारी दिए।
प्रतिबन्धित सामानको सूचीमा १५० सीसीमाथिका मोटरसाइकल तथा जीप, कार र भ्यानसमेत परेपछि सरकारको निर्णयबाट आफ्नो व्यापारमा निकै प्रतिकूल अवस्था आउने अटो व्यवसायीहरुले गुनासो गरेका छन्। हाल सामान्य उपभोक्ताहरुको माग १५० सीसीबाट माथि गइसकेकोले मुख्य व्यवसायमै आघात पुग्ने उनीहरुको बुझाई छ।
यसैगरी हाल उपभोक्ताहरु मध्यम तथा फ्ल्यागशिप मोडलका मोबाइलतर्फ आकर्षित भइरहेको बेला ३०० डलरभन्दा माथिको मोबाइलमाथिको प्रतिबन्धले व्यवसायमा धक्का पुग्ने र बजारमा मध्यम स्तरको मोबाइल सेटको अभाव हुन सक्ने मोबाइल व्यवसायीहरुको भनाइ छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




