
काठमाडौं, २ साउन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार उकालो लागेको छ । पछिल्ला दिनहरुमा नेप्सेमा लागेको हरियोको कारण लगानीकर्ताहरुको मनोबल बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९० प्रतिशतले बृद्धि भएको छ । सेन्सटिभ इण्डेक्स २.८३ अंकले बढेर ३८८.७६ विन्दुमा पुगेको छ ।

कुल २११ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ४२ हजार ४०२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटा उपसमूहमध्ये दुइ वटामा रातो लागेको छ । उनीहरूकाे सेयर घटेकाे छ । व्यापार तथा म्युचुअल फण्डको घटेको हाे। बाँकी सबै ११ वटामा हरियो लागेको छ । उनीहरू सबैकाे सेयर बढेकाे छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड चौतिस लाख ८१ हजार ५२२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




