
काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकबाट बैंकहरुले साउन १ र २ गते ८१ अर्ब रुपैयाँ हाराहारी ऋण सापटी लिएका छन्। स्थायी तरलता सुविधा अन्तर्गत ७ प्रतिशत ब्याजमा ७ दिन चलाउन मिल्नेगरी बैंकहरुलाई राष्ट्र बैंकले यस्तो सापटी उपलब्ध गराउँदै आएको छ।
बैंकहरुले राष्ट्र बैंकबाट यस्तो सापटी लिने प्रवृत्ति सामान्य भए पनि यसरी आर्थिक वर्षको शुरुवाती दुई दिनमै ८१ अर्ब रुपैयाँ सापटी लिइनुले तरलता निकै दबाबमा रहेको प्रस्ट पारेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।
उनले आउँदा दिनमा अर्थतन्त्रको गतिविधि कसरी अगाडि बढ्छ त्यस हिसाबले तरलता अझ घट्ने वा सहज हुने भन्ने निर्धारण गर्ने जानकारी दिए।
उनले भने, ‘आयात पहिलेभन्दा अलि कम हुँदै गयो भने केही सहज होला, तर अन्तरराष्ट्रिय बजारमा आयातको लागत बढ्दै जाने हो भने त्यसले समस्या ल्याइराख्छ।’
आयात घटाएर तरलता सहज गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा लगाएको आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्म लम्ब्याएको छ ।
विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले लम्ब्याइएको आयात प्रतिबन्धको सूचीमा ३ सय डलरमाथिका मोबाइल फोन तथा १५० सीसीमाथिका मोटरसाइकल लगायत कार, जीप, भ्यान पनि परेका छन्।
यस्तै कुरकुरे, लेज, ३२ इन्चमाथिको रंगीन टीभी, जीप, कार, भ्यान, औद्योगिक कच्चापदार्थ बाहेकका चुरोट तथा सूर्तिजन्य पदार्थलाई पनि भदौ १४ गतेसम्मका लागि पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




