
काठमाडौं, ३ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन नेपाली सेयर बजारमा हरियाली छाएकाे छ । यसरी छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ भने बजार सुधाराेन्मुख भइरहेकाे संकेत दिएकाे छ। कारोबार रकममा यसदिन निकै सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.८० अंकले बढेर ३९१.५६ विन्दुमा पुगेको छ ।

कुल २१३ कम्पनीको सेयर कारोबार भएको छ । ५७ लाख १३ हजार २४८ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै १३ वटै उपसमूहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कारोबारको आधारमा यसदिन पनि सबैभन्दा बढी शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड ९७ लाख ७१ हजार ३३७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




