श्वेत गंगा हाइड्रोपावरकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ४ साउन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनकाे करिब २४ लाख कित्ता सेयर आजबाट निष्काशन तथा बिक्रीमा ल्याइएकाे छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताकालागि सेयर निष्काशन गरिएकाे थियाे ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखकाे १५ प्रतिशतले हुने प्रतिसेयर १०० अंकित दरकाे २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे हाे ।

साे सेयरबाट १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। बाँकी हुने २२ लाख ७० हजार २५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ।

सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।