आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड बक्यौता

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ साउन । नेपाल आयल निगमले १६ अर्ब ८० करोड रुपैयाँ बक्यौता रकम भारतीय आयल कर्पोरेशन (आईओसी) लाई बुझाएको छ। निगमले आईओसीलाई तिर्न बाँकी बक्यौता ३१ अर्ब २० करोड रुपैयाँमध्ये १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको हो।

निगमका सहप्रवक्ता पुस्कर कार्कीले सरकारले उपलब्ध गराएको ७ अर्ब, जग्गा धितो राखेर निकालेको ३ अर्ब, फिर्ता पाएको पूर्वाधार विकास शुल्क ५९ करोड, भ्याट फिर्ता २ अर्ब ७५ करोड तथा यस अवधिमा पेट्रोलियम पदार्थ बिक्रीबाट आएको रकम मिलाएर १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको बताए ।

यही बक्यौता तथा घाटा पनि रहेकाले निगमले केही दिनअघि आईओसीबाट घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थिएन। कुल ३१ अर्ब २० करोडमा अब निगमले आईओसीसँगको बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झारेको छ।

सहप्रवकता कार्कीका अनुसार बक्यौता १४ अर्ब ४० करोड तथा अघिल्लो महिना खरिद गरेको पेट्रोलियमको रकम १८ अर्ब १९ करोड गरी ३२ अर्ब ५९ करोड हुन आउँछ भने आउने २३ तारिखमा नियमित किस्तास्वरुप योमध्ये कति रकम पठाउन सकिन्छ भन्ने केही दिनको संकलनबाट थाहा हुनेछ।

यो पनि पढ्नुहोस्