
काठमाडौं, ४ साउन । अबदेखि विदेश यात्रा गर्दा २ सय डलरभन्दा बढी सटही गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज एउटा निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत् अधिकतम २ सय अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई एकीकृत परिपत्र जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) को व्यवस्था बमोजिम पारिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत् अधिकतम अमेरिकी डलर २ सय मात्र सम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन्’, परिपत्रमा उल्लेख छ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




