
काठमाडौं, ५ साउन । बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको समय छानबिन नसकिँदै सकिने भएको छ । दिइएको समयमा छानबिन नसकिएपछि समितिले थप समय माग्ने तयारी गरेको छ ।
समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएको एक सदस्यले बताए । ती सदस्यले भने, ‘कम्तीमा १० दिन समय मागेर भोलि पत्र पठाउँछौं, कति दिन थप हुन्छ थाहा छैन ।’
बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न सरकारले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई काम सुरू गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो । जुन शुक्रबार सकिँदैछ।
समय सकिन लागेपनि अनुसन्धान भने टुंगोमा पुग्न सकेको छैन ।जसकारण समय थप्नुपर्ने निष्कर्षमा समिति पुगिसकेको ती सदस्यको भनाइ छ । समितिले आज बिहीबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ । यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ।
यस्तै, सबैभन्दा पहिले समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकका दुई जना पत्रकारसँग पनि समितिले सोधपुछ गरिसकेको छ।
समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितिले असार २८ गतेदेखि काम सुरू गरेको थियो।
बुधबारको समितिको बैठकले म्याद थपका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ। हाल अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हाल्दै आएका छन् । अर्थमन्त्रालयमा अर्थमन्त्रीको टुंगो नलाग्दा नयाँ आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न सकेको छैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




