पिपुल्स पावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ५ साउन । पिपुल्स पावरले निष्काशन तथा बिक्रीमा ल्याएकाे ६ लाख ३२ हजार ६०० कित्ता सेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि साे सेयर निष्काशन गरेकाे थियाे ।

पिपुल्स पावरले जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुने प्रतिकित्ता १०० अंकित दरकाे ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो।

इलामकाे इलाम नगरपालिका वडा नं. १ र ४ तथा आयोजनाबाट अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता रहेकाे छ । यस्तै जिल्लाका जनताका लागि ४ लाख ४२ हजार ८२० कित्ता रहेकाे छ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिमको संकेत हाे ।

सेयरमा लगानीका लागि नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखाबाट आवेदन दिन सकिने छ ।

यस्तै प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट र सेबाेनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।