
काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने बताएको अघिल्लो दिनमै सेयर बजार ओरालो लागेको छ।
लगातार हप्ता दिन बढी उकालो लागेको सेयर बजार बिहिबार पुनः ओरालो लागेको हो । गएको मंगलबारदेखि नेपाली सेयर बजार सकारात्मक लयमा जाँदा लगानीकर्ताहरु उत्साहित भएका थिए।
विभिन्न घटनाक्रमहरुका चरणहरु पार गरिसकेका लगानीकर्ताहरु मौद्रिक नीति आउनु अघिकाे दिनमा केही हच्किएका छन् । फेरि उनीहरु नेपाल राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउने हो भनेर त्यसको पखाईमा रहेका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेर २९१.६४ विन्दुमा झरेको छ ।

यसदिन कुल २२५ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३९ लाख ८ हजार ३९५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरूमध्ये दुई वटामा मात्रै हरियो लागेको छ । दुबैको सेयर बढेको छ । उनीहरु बैंकिङ उपसमूह र अन्य उपसमूह रहेका छन् ।

कारोबारको आधारमा बिहिबारपनि सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको १७ करोड ८० लाख १ हजार ५६८ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




