ग्लोबल आइएमई बैंकले कमायाे सवा ५ अर्ब खुद नाफा

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा सवा ५ अर्ब खुद नाफा कमाउन सफल भएकाे छ ।

बैंककाे प्रकाशित अपरिष्कृत वित्तीय विवरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे हाे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २५ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि नाफा बढेकाे हाे ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे ११.४९ गुणा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १० प्रतिशतले बृद्धि भएकाे छ । जगेडा कोष २०.४२ प्रतिशतले, निक्षेप ३.३७ प्रतिशतले तथा कर्जामा १३.०७ प्रतिशतले बृद्धि भएकाे छ।