नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफा रु १ अर्ब २ करोड बढी

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले प्रकाशन गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा खुद नाफामा बृद्धि भएकाे पाइएकाे छ। याे नाफा २२.५३ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्ष बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे थियो। बैंककाे खुद ब्याज आम्दानीमा सुधार तथा कमिशन रकममा बृद्धि भएपछि नाफामा बृद्धि भएकाे हाे ।

बैंकको प्रतिसेयर आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे ५०.५२ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ४ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ८ प्रतिशतले बढेको छ भने जगेडा कोष २७.६८ प्रतिशतले घटेको छ। बैंकको निक्षेप १५.०६ प्रतिशत र कर्जा ५८२.८९ प्रतिशतले बढेको देखिएकाे छ।