
काठमाडौं, ६ साउन । सिक्लेस हाइड्रोले आजदेखि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे जनाएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि साधारण सेयर जारी गरेकाे हाे ।
कम्पनीकाे जारी पूँजी रु ८५ करोडको १० प्रतिशतले हुने प्रतिसेयर रु १०० अंकित दरमा ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर बिक्रीमा ल्याइएकाे हाे । सेयरमा आयोजना प्रभावित क्षेत्रका कास्कीकाे मादी गाउँपालिका वडा नं. १, २ र ३ का जनताले आवेदन दिन सक्नेछन् ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्म आवेदन दिन पाउनेछन् । साे अवधिमा माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने भएकाे छ ।
सेयरमा माछापुच्छ्रे बैंकको मादी शाखा, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखाबाट आवेदन दिन सकिने छ । लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीलाइ केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम छ भन्ने संकेत हाे ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




