मौद्रिक नीति भर्चुअल माध्यमबाट: ४ बजे सार्वजनिक गरिँदै

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भर्चुअल माध्यम (अनलनाइन) बाट सार्वजनिक गर्ने भएको छ। कोभिड सङ्क्रमण बढ्न थालेको तथ्यलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीति भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।

स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट मौद्रिक नीति पढ्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन तथा बैंकको आधिकारिक वेबसाइटमार्फत् प्रत्यक्ष प्रासारण हुनेछ। कोभिड जोखिमकै कारण मौद्रिक नीतिका विषयमा सञ्चारकर्मीहरुसँग गरिने अन्तरक्रिया कार्यक्रम पनि अपराह्न ५ बजे अनलाइनमार्फत् नै हुने बताइएको छ।

बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेपछि आज सार्वजनिक गर्ने सुनिश्चित भएको हो । राष्ट्र बैंकले यसका लागि आज बिहान सञ्चालक समितिको बैठक बोलाएको ८ बजे सञ्चालक समितिको बैठक बोलाएको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति संकुचित खालको आउने संकेत गरिहेको छ। गभर्नर अधिकारीले ब्याजदरमा कडाई, सहुलियतपूर्ण कर्जामा कटौती लगायतका विषय समेटिएको संकेत गरेका छन्। विज्ञ तथा व्यवसायीहरुले भने मौद्रिक नीति अहिले अर्थतन्त्रमा देखिएको समस्याको सुधार गर्ने खालको हुनुपर्ने विचार व्यक्त गर्दै आएका छन्।

सम्बन्धित समाचार