
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिएमा वा प्राप्तिमा गएमा मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा पाउन २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्नुपर्ने प्रावधान ल्याएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकबाट प्रदान गर्दै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा प्राप्त गर्नका लागि २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने अन्यथा यो सुविधा नपाइने जानकारी दिएका हुन्।
कोभिड जोखिमको कारण देखाउँदै गभर्नर अधिकारीले अनलाइन माध्यमबाट मौद्रिक नीति संक्षेपमा प्रस्तुत गरेका थिए। उक्त कार्यक्रम नेपाल टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। मौद्रिक नीतिका विषयमा हाल जूम मिटिङमार्फत् सञ्चारकर्मीका जिज्ञासा समाधानका लागि अन्तरक्रिया कार्यक्रम अहिले जारी छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




