
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् । लगानीकर्ताहरुले लामाे समयसम्म असन्तुष्टि जनाइरहेकाे विषय सेयर धिताे कर्जामा आधा संवाेधन गरिएकाे छ ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्यापमा संशोधन गरेको छ । यस अनुसार सेयर धितो कर्जामा जम्मा १२ करोड मात्र लिन सकिने भएकाे छ। यसअघिकाे एउटा बैंकबाट ४ करोड मात्र लिने व्यवस्थालाइ खारेज गरिएकाे छ । लगानीकर्ताले भने ४/१२ काे क्यापलाइ नै खारेजिकाे माग गर्दै आएका थिए ।
मौद्रिक नीतिमा बैंकदर १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पुर्याइएको छ । यसअघि बैंकदर ७ प्रतिशत रहेकाे थियाे । गभर्नर अधिकारीले अबदेखि मर्जरका नाममा काराेबार राेक्का नहुने बताए । उनले मर्जर तथा एक्विजिशन प्रयाेजनका लागि काराेबार राेक्का गर्ने प्रणाली खारेज गरिएकाे बताए ।
आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिकाे पूर्णपाठ तलकाे बक्समा छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




