प्रभु बैंककाे नाफा २ अर्ब ६० करोड बढी, वितरण योग्य मुनाफा कति ?

-



     सफल आवाज    
     श्रावण ७ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ७ साउन । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले प्रकाशन गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको सोही अवधिकोभन्दा खुद नाफा कमाएकाे हाे ।

बैंकले गएकाे असार अन्तिमसम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा याे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ५१.११ प्रतिशत बढी हो। पहिलेकाे आर्थिक वर्षको सोही अवधिमा बैंककाे खुद नाफा १ अर्ब ४८ करोड २४ लाख रहेकाे थियो। वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी बढेसंगै बैंकको नाफा बढेकाे हो।

बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेको छ । कमिसन आम्दानी २६.७६ प्रतिशत, कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत तथा सञ्चालन मुनाफा ४७.७५ प्रतिशतले बढेको छ। बैंककाे असार मसान्तसम्ममा वितरण योग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको जनाइएकाे छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ। मूल्य आम्दानी रेसियाे १०.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको जनाइएकाे छ। बैंकको चुक्ता पूँजी १२ प्रतिशतले बढेको छ ।बैंककाे जगेडा कोषमा २३.८२ प्रतिशतले बढेको छ भने निक्षेपामा ८.३७ प्रतिशत र कर्जामा ८.०३ प्रतिशतले बढेको पाइएकाे छ।