
काठमाडौं, ८ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएकाे छ। संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ।
कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। बाँकी रहने ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि सर्वसाधारणलेआवेदन दिन पाउनेछन्।
सेयरमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन्।
क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ। यसकाे अर्थ समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने बारे मध्यम जोखिम रहेको संकेत हाे ।
लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकाे छ। सेयर बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्ने भएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




