
काठमाडाैं, ८ साउन । श्वेत गंगा हाइड्रोपावरले निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन ४ गतेदेखि २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियाे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर जारी गरेकाे हाे । कम्पनीकाे जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १५ प्रतिशतले हुने प्रतिशेयर रू १०० अंकित दरकाे २३ लाख ८९ हजार ५०० कित्ता साधारण बिक्रिमा ल्याइएकाे हाे ।
कुल सेयरबाट ५ प्रतिशतले १ लाख १९ हजार ४७५ कित्ता सेउर सामूहिक लगानी कोषका लागि रहेकाे छ। बाँकी रहने २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन्।
लगानिकर्ताले सेबाेनबाटअनुमति पाएका सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो सेयर पेज र एप्सबाट पनि आवेदन दिन पाइने छ। लगानीकर्ताले घटिमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




