
काठमाडौं, ८ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ५०० ले बढेको छ । चाँदीमा भने रुपैयाँ १० ले गिरावट भएको छ ।

शुक्रबार छापावाल सुन रुपैयाँ १००० ले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएकोमा यसदिन रुपैयाँ ५०० ले बढेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन ताेलाकाे ९३ हजार ५०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी ताेलाकाे १ हजार १६५ रूपैयाँमा काराेबार भएकाे थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




